सरकारलाई ५ बुँदे निर्देशनसहित भारतीय सेना फिर्ता र लिम्पियाधुरा समेटिएको नक्सा जारी गर्न दबाब
काठमाडौँ , मंसिर २७ । नेपाल भारत सिमाको अझै पनि केहि ठोस निर्णय हुन सकेको छैन् । यसको विरोधमा नेपालका सडकमा प्रदर्शन समेत भए तर भारतले पनि यसको केहि जवाफ दिएको छैन यसमा भारत मौन जस्तै बनेको छ । भारतलाई घचघच्याउँन दबाब स्वरुप सडकमा आन्दोल गरे पनि केहि सुनुवाइ भएको छैन ।
यसै विषयमा छलफल गर्न आजको संसदको अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिमा सीमा सम्बन्धि विषयमा सरोकारवालाहरु सँग छलफल गरिएको छ । यसै क्रममा संसदको शुक्रबारको अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिमा भारतीय सेना फिर्ता र लिम्पियाधुरा समेत समेटेर नेपालको नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको नेपाल भारत सीमा समस्याका समाधान गर्न सरकारलाई ५ बुँदे निर्देशन दिएको हो ।
शुक्रबार सिंहदरवारमा बसेको बैठकले निर्देशनको पहिलो नम्बर बुँदामा लिम्पियाधुरा, लिपुलेक र कालापानी, सुूस्ता लगायतका भारतीय पक्षबाट अतिक्रमणमा परेका नेपाली भू–भागमा नेपालको सार्वभौम अधिकार र स्वामित्व सुदृढ गर्न भारत सरकारसँग राजनीतिक, कुटनीतिक तहमा वार्ता गरी समस्या समाधान गर्न भनेको छ ।
त्यस्तै लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतीय सुरक्षा फौज फिर्ता गरी नेपालको भौगोलिक अखण्डताको रक्षा गर्न भारत सरकारसँग आवश्यक तहमा वार्ता गर्न निर्देशन दिएको छ ।
त्यस्तै लिम्पियाधुरा, लिपुलेक कालापानी, सुस्ता लगायतको नेपाली भूमी समावेश गरी नेपालको नक्सा अविलम्ब जारी गर्न पनि सरकारलाई समितिले निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस्