शुन्य लागतमा नेपाली श्रमिक लैजान मलेसिया तयार, रोजगारदाता भने असन्तुष्ट

काठमाण्डौ, मंसिर २७ । शुन्य लागतमा नेपाली श्रमिक लैजान मलेसिया सरकार सकरात्मक देखिएको छ। मलेसियाको मानव शंसाधन मन्त्रालयले नेपाली श्रमिक मलेसिया लैजान स्वच्छ भर्ना प्रक्रिया अपनाउने जनाएको छ ।

गएको वर्षको कात्तिकमा नेपाल र मलेसियाबीच भएको समझदारी अनुसार नै नेपाली श्रमिकलाई स्वच्छ भर्ना प्रक्रियामार्फत लैजान मलेसिया सरकार सकारात्मक देखिएको हो। समझदारीपछि नेपाली श्रमिक भर्नाका लागि ६ हजार ३ सयदेखि ७ हजार ९ सय रुपैयाँसम्म लाग्ने मन्त्रालयको अनुमान छ ।

श्रमिकको क्षतिपूर्ति सम्बन्धी व्यवस्था सोक्समार्फत पाइने हुँदा विदेशी श्रमिक यो स्किममा दर्ता हुनुपर्ने मन्त्रालयले जनाएको छ । तर मलेसियाली रोजगारदाताले भने सरकाले कामदार भर्तिको शुल्क घटाउन सहयोग गर्नुपर्ने माग राखेका छन् ।

त्यसका लागि नेपाल बाहेक अरु देशबाट पनि श्रमिक भर्तिका लागि खुल्ला गर्नुपर्ने र स्वच्छ भर्नाको सुधारका लागि सहयोग गर्ने उनीहरुको माग छ । रोजगारदाताले भनेका छन्, ‘अन्र्तराष्ट्रिय श्रम संगठनको स्वच्छ भर्नाको मापदण्डले श्रमिकको अधिकारलाई सुनिश्चित गर्छ तर मलेसिया त्यसरी अहिलेसम्म विकसित भइसकेको छैन। त्यसले यसले हामीलाई आर्थिक भार थपेको छ ।

मलेसियाले अहिले बंगलादेश, इण्डोनेसिया र भियतनामसँग पनि नयाँ श्रम समझदारीको तयारी गरिरहेको छ । पहिलो चरणमा नेपालसँग भएको श्रम समझदारी मानव बेचबिखन र आप्रवासी श्रमिक माथिको दुर्व्यहारलाई सम्बोधन गर्नका लागि परेको मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरानले बताएका छन् ।

नयाँ समझदारी अनुसार लागत खर्च रोजगारदाताले नै व्यहोर्नुपर्छ । समझदारी अघिसम्म श्रमिकले नै यो खर्च व्यर्होनु पथ्र्यों ।

यता नेपाली श्रमिक स्वच्छ भर्ना प्रक्रियाका लागि मलेसियाली सरकार सकारात्मक देखिए पनि रोजगारदाताहरुले असन्तुष्टि व्यक्त गरेका छन्। रोजगार एजेन्सी सघं मलेसियाका अध्यक्ष डाटुक योङ हूईले सरकारले अन्य धेरै स्रोत मुलुकहरुमार्फत कामदार लैजाने सहज वातावरण बनाउन आवश्यक रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्