मङ्सिर २९ मा ‘नव उद्यमी सम्मेलन

काठमाडौं, २७ मंसिर । मङ्सिर २९ गते ‘नव उद्यमी सम्मेलन’ गरिने सम्मेलन हुने भएको छ । मुलुकमा उद्यमशीलताको विकास गर्ने उद्देश्यले आयोजनाम गरिएको सम्मेलनमा करिब ८ सय उद्यमीहरु सहभागि हुने छ । नेक्सट भेन्चर कोर्पले आयोजनामा हुन लागेको सम्मेलनले उद्यमशीलताका बारेमा केन्द्रीत हुनेछ ।

काठमाडौँको होटल सोल्टीमा हुने सम्मेलनमा भारत, चीन, बङ्गलादेशलगायत मुलुकबाट आउने स्थापित १० उद्यमीले प्राप्त गरेका व्यावसायिक सफलताबारे जानकारी गराउने, गुणस्तरीय वस्तु उत्पादनमा लागत कम गर्ने उपाय, व्यापार विस्तार, पूर्ण प्रतिस्पर्धात्मक बजारमा वस्तुको लागत निर्धारणका साथै प्रचारप्रसारका अत्याधुनिक विधिबारे सहभागीलाई प्रशिक्षणसमेत दिइने छ ।

नव उद्यमीले सञ्चालनमा ल्याएका व्यवसाय तथा तिनका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन छलफल तथा व्यापार विस्तारका लागि उनीहरुले गर्ने प्रस्तावमा स्वदेशी तथा विदेशी उद्यमीले आवश्यक देखेमा थप व्यापार वृद्धिका लागि लगानीमा साझेदारीसमेत हुने कार्यक्रमका संयोजक कवीराज जोशीले जानकारी दिए ।

सन् २०१६ देखि प्रत्येक वर्ष सञ्चालन हुँदै आएको सम्मेलनले सन् २०१८ सम्म तीन हजार २०० नव उद्यमीलाई व्यवसाय प्रबर्धनका लागि आवश्यक परियोजना, सीप विकास, लगानी साझेदारी, औद्योगिक नेतृत्वका लागि आत्मविश्वासको विकासमा सहयोग पुर्याई सकेको आयोकले जनाएको छ ।
मुलुकमा बढदै गएको व्यापार घाटालाई न्यूनीकरण गर्न नयाँ उद्यमशिलताको खाँचो रहेको उल्लेख गर्दै यस मेलाले रोजगारीको सिर्जना गरी स्वदेशी उत्पादनलाई उपभोक्तासम्म सहजै पुर्याउने हुँदा यसले अर्थतन्त्रलाई गतिशिल बनाउने संयोजक जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्