लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा अब छिट्टै सार्वजनिक गरिन्छ : मन्त्री अर्याल

काठमाडौं , मंसिर २७ । भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गर्ने पहल भइरहेको बताएकी छन् ।

संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा मन्त्री अर्यालले नेपालको अहिलेको नक्सामा लिम्पियाधुरा नसमेटिएको स्वीकार गर्दै उनले यस्तो बताएकी हुन् ।


अहिलेसम्म प्राप्ततथ्य तथ्यांकले लिम्पियाधुरा नेपालकै हो भएको देखाएको उल्लेख गर्दै सरकारले एउटा सन्दर्भ पारेर प्रकाशित गर्छ । यसका लागि डकुमेन्ट संकलन गरिरहेको छ ।’ उनले भनीन् ।

भारतले नयाँ नक्सा जारी गरेपछि नेपालाले कूटनीतिक नोट पठाएको र सीमा निरीक्षण समिति गठग गर्ने निर्णय गरेको उनले बताइन् । सरकार आफ्नो भूमि फिर्ता गर्ने पक्षमा रहेको बताउँदै यसका लागि पहलमा जुटि रेहको बताईन ।

,

प्रतिक्रिया दिनुहोस्