काठमाडौं उपत्यकालगायत स्थानमा हल्का वर्षा, हिमालीक्षेत्रमा हिमपात

काठमाडौं, २७ मंसिर । अल्का वर्ष भएको छ । यसले गर्दा देशभर ठण्डी अत्याधिक बढ्दै गएको छ । चीसो बढेर जनजीवन प्रभावित भएको छ ।

बिहिबार देखि देशका अधिकांश भागको आकाश बादलले ढाकेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार पश्चिमी उच्च पहाडी तथा हिमाली भू भागहरुमा भारी हिमपातको सम्भावना छ । मध्य तथा पूर्वका उच्च पहाडी सहित हिमाली भ–भागहरुमा हल्का देखि मध्यम हिमपात हुने देखिन्छ । देशका पश्चिमी भू भागका केही स्थानमा हावाहुरी आउने पनि सम्भावना रहेको छ ।

तराईमा कुहिरो ढाकेको छ । विशेषगरी विराटनगर आसपासका पूर्वी तराइका भू–भागमा सामान्य कुहिरो लागेकोले सवारी आगमनमा समेत समस्या परेको छ । यस्तो अस्थामा सवारी दुर्घटना हुने सम्भावा बढि हुन्छ ।
देशभर चीसो बढ्दा मानिसहरुको आवतजावत पातलिएको छ । चीसो मौसममा रुघाखोकी र ठण्डीले लाग्ने रोगका कारण सतर्क हुन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्