यी हुन् मन्त्रिपरिषद् बैठकका १७ निर्णय

काठमाडौँ , मंसिर २६ । मन्त्रिपरिषद्को मंसिर २३ गते बसेको बैठकले विभिन्न १७ वटा निर्णय गरेको छ । बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले निर्णयहरु सार्वजनिक गरेका हुन् ।

जसअनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत सञ्चालित विषादी अवशेष द्रुत विश्लेषण इकाइहरुको चालू आर्थिक वर्ष २०७६–७७ का लागि ८ राजपत्रांकित पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको छ ।

यसैगरी झूटो विवरण पेश गरेर नागरिकता प्राप्त गर्ने जमालुदिन धुनियाको नागरिकता रद्ध गर्ने, १९ जिल्लाहरुमा प्रशासन सेवा समूहका कर्मचारीलाई सीडीओ तोक्ने, राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ९ गते गर्नेलगायत निर्णय पनि सरकारले गरेको छ।

प्रतिक्रिया दिनुहोस्