साताको अन्तिम दिन सेयर बजारमा दोहोरो अंकको सुधार

काठमाडौं , मंसिर २६ । साताको अन्तिम दिन सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार आएको छ ।

बिहीबार नेप्से ११ दशमलव १७ अंकले बढेर एक हजार एक सय ७२ दशमलव ६२ अंकमा पुगेको हो । नेप्से बढ्दा सेन्सिटिभ इन्डेक्स्ट पनि शुन्य दशमलव ४१ अंकले बढेर २५५ दशमलव ६० अंकमा पुगेको छ ।

यस दिन बजारमा १६८ कम्पनीका २१ लाख २ हजार ६१ कित्ता सेयर ७६ करोड ४० लाख २५ हजार २१३ रुपैयाँमा कारोबार भएको हो ।

बिहिबार बजारमा कारोबारमा आएका १२ वटा समूहगत उपसुचक मध्ये सात समूह उकालो लागे भने पाँच समूह ओरालो लागे । यस दिन निर्जीवन बिमा समूह सर्वा्धिक ३३२ दशमलव ०४ अंकले उकालो लाग्यो भने उत्पादनमुलक समूह सर्वा्धिक ४४ दशमलव ९८ अंकले ओरालो लाग्यो ।

आज बजारमा स्वाबलम्बन लघुवित्तको सेयरको कारोबार सबैभन्दा धेरै भयो । कम्पनीको सेयर ८ करोड २८ लाख ५२ हजार ३१ रुपैयाँमा कारोबार भएको हो ।

यस दिन एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले सर्वा्धिक १० प्रतिशत सेयर मूल्य कमाए , त्यसैगरी गुराँस लघुवित्तका लगानीकर्ताले सर्वा्धिक ४ दशमलव ७७ प्रतिशत सेयर मूल्य गुमाए ।

प्रतिक्रिया दिनुहोस्