बिरबल ढकालको पन्चेबाजा झ्यालको पर्दा सार्वजनिक (भिडियोसहित

काठमाडौं । गायक बिरबल ढकालको नयाँ पन्चेबजा गीत सार्वजनिक भएको छ । झ्यालको पर्दा गीतमा बिरबल ढकाल र शान्ति श्री परियारको सुमधुर आवाज रहेको छ । गीतमा रमेश बि जि र काजिबाबु अर्यालको शब्द रहेको छ । गीतको सङीत बिरबल ढकालको नै गरेका हुन् ।

यस गीतमा लोक क्षेत्रका सर्व्प्रिय मोडल शंकर बि.सि र अन्जली अधिकारीको अभिनय रहेकोे छ ।भिडियोको निर्देशन शंकर बि.सि को नै रहेको छ भने छायांकन दुर्गा पौडेलले गरेका छ्न ।

भिडियोको सम्पादन नबिन घर्तीले गरेका छ्न । माल श्री रेकर्डिङ स्टुडियो मा रेकर्ड गरिएको हो । पछिल्लो समय नेपाली लोक दोहोरीको क्षेत्रमा दिनप्रतीदिन नयाँ नयाँ लोक दोहोरी गीत आउने क्रम जारी रहेको छ ।

अझ भन्नु पर्दा यो मङ्सिरको महिना बिशेष गरी बिबाह सम्बन्धि पन्चेबाजाका धुनसंगै लगन गाँस्नेको महिना हो । यस्तै सिलसिलामा लोक दोहोरी गायक बिरबल ढकालको पन्चेबाजा झ्यालको पर्दा सार्वजनिक भएको हो ।

यस े मौलिक गीतले नेपाली लोक क्षेत्रलाइ हरभरा बनाउने गायक ढकालले बताए । । गीतको बजार ब्यबस्थापन गोर्खा चौतारी म्युजिकले गरेको छ। गीत सार्वजनिक भए संगै चर्चा समेत कमाउन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्