नेपालको आर्थिक वृद्धिदर ६.४ प्रतिशतमात्रै: अर्थमन्त्रीको असन्तुष्टि

काठमाण्डौ , मंसिर २६ । विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ६ दशमलव ४ प्रतिशतमा सीमित रहने दाबी गरेको छ ।

काठमाण्डौमा ‘नेपाल डेभलपमेन्ट अपडेट’ प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालले ६ दशमलव ४ प्रतिशतको मात्रै आर्थिक वृद्धिदर हासिल गर्ने बताएको हो । सरकारले भने चालु आर्थिक वर्षमा ८ प्रतिशतभन्दा धेरै आर्थिक वृद्धिदर हुने जनाएको छ ।

गएको जुलाई महिनामा सार्वजनिक गरिएको प्रतिवेदमा भने विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर ६ दशमलव ५ प्रतिशत रहने जनाएको थियो । विश्व बैंकले चालु आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धिदर ४ प्रतिशत, सेवा क्षेत्रको ७ दशमलव २ प्रतिशत र औद्योगिक क्षेत्रको वृद्धिदर ८ दशमलव ३ प्रतिशत रहने जनाएको छ ।

प्रतिवेदन सार्वजनिक कार्यक्रममा अर्थ मन्त्री डा. युवराज खतिवडाले भने विश्व बैंकको प्रक्षेपणप्रति असन्तुष्टि जनाएका छन् । उनले विश्व बैंक आफैले गरेका अनुमानबाट चुकेको भन्दै देशको आर्थिक वृद्धिदरको तथ्याङ्क सार्वजनिक गर्दा थोरै गम्भीर बन्न पनि सुझाव दिए । यसमा केहि बैंक आफै चुकेको भन्दै उनले सजग रहन पनि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्