नेपालमा कतिपय तथ्यांक अझै पनि अनुमानको भरमा : अर्थमन्त्री
काठमाडौं , मंसिर २६ । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा कतिपय तथ्यांक अझै पनि अनुमानको भरमा आउने गरेको बताएका छन् ।
बिहीबार विश्व बैंकद्वारा राजधानीमा आयोजित नेपाल डेभलपमेन्ट अपडेट सार्वजनिक कार्यक्रममा अर्थमन्त्री खतिवडाले उनले नेपालको राष्ट्रिय तथ्यांक गणना हुने आधार वर्ष परिवर्तन हुन लागेको पनि जानकारी दिए ।
यसअघि सन् २०००र२००१ लाई आधार मानेर गणना भइरहेकामा अब २००८र२००९ लाई आधार मानेर गणना गर्ने अर्थमन्त्री खतिवडाले बताए । सरकारले तथ्यांक ऐनमार्फत नेपालको तथ्यांक प्रणालीलाई अझ बलियो बनाउन लागिएको पनि उनले जानकारी दिए ।
कार्यक्रममा विश्व बैङ्कले सन् २०१९ का लागि नेपालसम्बन्धी तथ्यांक सार्वजनिक गरेको छ । तथ्यांक अनुसार सन् २०१९ मा नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत रहनेछ । नेपालको आर्थिक वृद्धिदर अहिले पनि मनसुन र सेवा क्षेत्रमा निर्भर रहेको विश्वबैंकले उल्लेख गरेको छ । यस वर्ष सेवा क्षेत्रको वृद्धिदर ७.५ प्रतिशत रहने विश्वबैंकले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्