सिता दाहाल बिहानै दिल्ली प्रस्थान

काठमाडौं । थाइराइड, सुगर र प्रेसर जँचाउन भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पत्नी सिता दाहाल दिल्ली प्रस्थान गरेकी छन् । उनी आइतबार बिहान दिल्ली गएकी हुन् । उनलाई छोरीहरु रेणु दाहाल र गंगा दाहालले दिल्ली लगेर गएकी छन् । नियमित स्वास्थ्य जाँच गराउन सिता दाहाल दिल्ली गएको माओवादी अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्