प्रहरीको ज्याजति बढ्दै , के मानवता हराएकै हो त ?

पार्वती पाठक, काठमाडौं, मंसिर २४ । पछिल्लो समय नेपाल प्रहरीको ज्याजति बढ्दै जना थालेको छ । नेपाल प्रहरी जो शान्ति सुरक्षाको प्रतिक र कानुनको रक्षा गर्ने एक रक्षक तर पछिल्लो समय भक्षक जस्तै बन्दै जान थालेको छ । दिन प्रति दिन प्रहरीको ज्याजति र मनोमानी बढ्दै गएको छ ।

प्रहरीले केही दिन अघि कोहलपुरमा विद्यार्थीमाथि अभद्र व्यवहार गरेको घटना सेलाउन नपाउँदै प्रहरीले मंगलबार (आज) काठमाडौंमा पत्रकार माथि कुटपीट गरेको छ ।

मंगलबार नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद(साग) को अन्तिम दिन नेपाल र भुटानबीच हुने फुटबलको फाइनल खेल हेर्नका लागि टिकट किन्न रङ्गशाला पुगेका सर्वसाधरणमाथि खेलकुद परिसरमै प्रहरीले लाठीचार्ज गरेको छ । अन्तिम दिन दर्शकको सहभागिता उच्च रहनु स्वभाविकै हो ।

एक सर्वसाधरणलाई कालीमाटी प्रहरी वृत्तका डिएसपी रुगम कुँवरले लात्तीले हानिरहेका थिए । प्रहरीले सर्वसाधरणमाथि गरेको ज्यादतीको तस्विर र भिडियो लिइरहेका नागरिक दैनिकका पत्रकार सुमन चापागाइँमाथि सोह्रखुट्टे प्रहरी वृत्तका डिएसपी सन्तोषसिंह राठौरले मुक्का हानेका थिए ।

भिडलाई नियन्त्रणमा लिन प्रहरीलाई पनि त्यति सहज भने हुदैन् । तर त्यसो भन्दैमा सहभागि आम नागरीक दर्शकलाई लाठि प्रहार गर्ने , हातपात गर्नु त्यसलाई भने सामान्य रुपमा लिन सकिदैन ।यो कस्तो खालको सुरक्षा नीति हो प्रहरीको ? यो व्यवहारले ठुलो प्रश्न पनि उठेको छ ।

मंगलबार रंगशालाको सुरक्षामा खटिएका तीनजना डिएसपीहरुले रंगशालामा उपद्रो मच्चाएका हुन् । डिएसपीहरु रुगम कुँवर, सन्तोष सिंह राठौर र राजेन्द्र धमलाले पत्रकार सहित सर्वसाधारण माथि लाठी र लात्ती बर्साएका हुन् ।

यो घटना संगै आइतबार कोहलपुर–६ मा ना २ ख ९४५९ नम्बरको ट्रकको ठक्करबाट कोहलपुर–१० कि प्रकृति चन्द घाइते भएपछि चर्किएको आन्दोलनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले विद्यालय पोशाकमा रहेका कलिला विद्यार्थीमाथि गरेको दमन ग¥यो यहिबाट पनि थाहा हुुन्छ कि प्रहरीको न्याय र मानवता कति भन्ने ।

त्यहाँ निकै तनाव ग्रस्त स्थिति बन्न पुग्यो , यति सम्म कि जिल्ला प्रशासन कार्यालय, बाँकेले कोहलपुरमा निषेधाज्ञा समेत लगाउनु प¥यने , । चर्किएको आन्दोलनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले निषेधाज्ञा लगाएको थियो । उक्त निषेधाज्ञा मंगलबार बाट पूर्ण रुपमा हटाइएकोे छ । त्यहाँ गरेको प्रहरीको अमानविय व्यवहरको यति बेला चर्को आलोचना भइरहेको छ । यति सम्म कि काडमाडौमा प्रदर्शन समेत गरियो, साथै गृहमन्त्रीको राजिनामा समेत माग गरिएको छ
भने विद्यार्थीमाथि गरेको अमानविय व्यवहार र ज्याजतिकै कारण कोहलपुरका डीएसपी हेमबहादुर शाहीको सरुवा पनि हुन् पुगे ।

‘प्रहरी मेरो साथि’,‘मुस्कान सहितको सेवा’ भनाईमा मात्र सिमित भएको यति बेला जनताले महसुश गरिरहेका छन् । यो यर्थात आज सबै सामु देखाउदैछ नेपाल प्रहरी । यस्ता घटनालाई हेर्ने हो भने एउटा आम सर्वसाधरण नागरीकको स्वतन्त्रता र स्वतन्त्र पत्रकारीता गर्ने एउटा पत्रकारको अधिकारलाई नै कुण्डित गरएिको छ । दर्शक र पत्रकार प्रहरीबाटै कुटिनु कतिको आनविय व्यहार होलात ?

यस्ता केहि प्रहरीका कारण सतकर्म गरीरहेका अन्य राष्ट्रसेवक प्रहरी र समग्र प्रहरी प्रशासन कै ईमान्दारीतामा धक्का पुग्ने गरेको छ भने प्रहरीमाथि जनताले गरिएको विश्वास पनि कम हुँदै जान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्