गायक शिरीष देवकोटाको नयाँ गीत ‘अञ्जुली’ सार्वजनिक (भिडियोसहित )

काठमाडौं, मंसिर २४ । गायक शिरीष देवकोटाको नयाँ गीत अञ्जुली सार्वजनिक भएको छ । रोइला गीतका लागि परिचित गायक देवकोटाले सोमवार आफ्नै यूट्युब च्यानल मार्फत उक्त गीत सार्वजनिक गरेका हुन् ।

गायक देवकोटाले गन्धर्व लयसँग जोडेर गीत बजारमा पाठाएका छन् । गीतको लय तथा शब्द संकलन देवकोटा आफैंले गरेका हुन् ।


गायक देवकोटाले गाउँघरमा घाँसदाउरा गर्दा तथा मेलापातमा गाइने भाका (घाँसे, कोदे, काने)लाई गन्धर्व लयसँग जोड्दै गीतमा समावेश गरेका छन् ।

’धेरै वर्ष पहिले गाउँघरमा घाँसदाउरा, मेलापात गर्दा गाइने भाका (घाँसे,कोदे,काने)सँगै गन्धर्व लय जोडेर गीत तयार भएको उनले बताए । असारमा गाइने वाली अनि सुदुर पश्चिममा गाइने ठाडीसँग पनि पनि गीतको शैलीले मेल खाने उनले बताए ।


गीतमा शब्द केहि पुराना र मौलीक रहेकाले दर्शक तथा स्रोताले मन पराउनेमा आफु विश्वस्त रहेको उनले बताएका छन् । गायक देवकोटाका जति पनि गित बजारमा आउँछन् ति सबैले मनपराएकै हुन्छन् यो गीतलाई पनि रुचाइरहेको प्रतिक्रिया भने आइरहेको छ ।

उनका यस्ता थुर्पै गीत बजामा रहेका छन् । निकै समुधुर स्वर भएका देवकोटाका गित निकै मन छुने र उत्कृष्ट हुने गर्दछन् ।

स्मृति तिमल्सिनाले निर्देशन गरेको भिडियोलाई सुरेश श्रेष्ठले खिचेका हुन् भने प्रकाश धमलाले सम्पादन गरेका हु्न् । भिडियोमा स्मृति, आर्यन, शेर, किरन, स्मारिका लगायतको अभिनय देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्