पाँच वर्षमा मागभन्दा ३ हजार मेगावाट बढी हुने भयो विजुली

काठमाडौं , मंसिर २२ । नेपालमा ५ वर्षमा मागभन्दा ३ हजार बढी बिजुली खपत हुने भएको छ । माग र आपूर्तीको प्रक्षेपणका आधारमा पाँच वर्षपछि ३ हजार १४ मेगावाट विद्युत् बढी हुने देखिएको हो ।

हालको विद्युत् माग, उत्पादन र आपूर्तिको विश्लेषण गर्दा यस्तो अवस्था देखिएको हो । सन् २०२४ मा विद्युत् उत्पादन ६७१७ मेगावाट पुग्ने छ भने यसमा ३०१३ मेगावाट मात्र सरप्लस हुनेछ।

तथ्यांकअनुसार सन् २०२४ भित्र सरकारी र सरकारको सहायक कम्पनीमार्फत् ९०७ मेगावाट र निजी क्षेत्रबाट ५४८३ मेगावाट विद्युत् उत्पादन हुनेछ। चालू आवमै नेपालमा ११ सय मेगावाट विद्युत् थप हुँदैछ।

बिजुली आपुर्ती बढे पनि तर ग्रामीण क्षेत्रमा भने अहिले सम्म बिजुली पुग्न सकेको छैन । त्यहाँका स्थानीय अन्धकारमै बस्न बाध्य भएका छन् ।यसैले यस्ता निकायहरुको ध्यान त्यहाँ जान पनि जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्