बाँकेमा डीएसपी सहित ९ जना प्रहरी घाइते, कर्फ्यू लगाउने तयारी

काठमाडौं, मंसिर २२ । बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट बालिकाको मृत्यु भएपछि उत्पन्न तनावले उग्र रुप लिएको छ ।

प्रदर्शनकारीको ढुंगामुढाबाट कोहलपुरका प्रहरी प्रमुख डीएसपी हेमराज शाहीसहित ९ जना प्रहरी घाइते भएका छन् ।

एक जना स्कुले बालिकालाई ट्रकले ठक्कर दिएपछि आइतबार बिहान १० बजेदेखि तनावग्रस्त बनेको बाँकेको कोहलपुरमा प्रशासनले कर्फ्यू लगाउने तयारी गरेको छ।


घटनापछि विद्यार्थीहरुको समूहले ट्रकमा आगजनी गरेका छन् । स्थिति तनावग्रस्त भएपछि प्रहरीले बल प्रयोग गरेको छ । केही राउण्ड हवाई फायर पनि भएको छ ।

प्रतिक्रिया दिनुहोस्