द भ्वाइस अफको उपाधि राम लिम्बुले हात पारे, रहेन् प्रमोदको खुशीको सिमा

काठमाडौं , मंसिर २२ ।द भ्वाइस अफको उपाधि राम लिम्बुले हात पारेका छन् । हिमालयन टेलिभिजनबाट प्रसारण भइरहेको ‘द भ्वाइस अफ नेपाल सिजन २’ रियालिटी शोको उपाधी हिजो मात्रै लिम्बुले हात पारेका हुन ।

पहिलो सिजनबाट नै दर्शकमाझ निकै लोकप्रिय बनको द भ्वाइस अफ नेपाल सिजन २ ले दर्शकको झन धेरै माया पाएको थियो ।

उत्कृष्ट ४ मा प्रत्येक कोचका एक एक प्रतिस्पर्धी पर्न सफल भएका थिए । कोच दिपबाट विकास लिम्बु, कोच राजुबाट सनिस श्रेष्ठ, कोचआस्थाबाट आरिफ राउफ र कोच प्रमोदबाट राम लिम्बु फाइनलमा पर्न सफल भएका थिए । शनिबार द भ्वाइस अफ नेपाल सिजन २ को चुच्चेपाटी स्थित हायत ग्राउण्डमा ग्राण्ड फिनाले भएको थियो ।

फाइनलमा पुगेका ४ प्रतिस्पर्धीमध्ये राम लिम्बुले द भ्वाइस अफ नेपाल सिजन २ को उपाधी हात पारेको हुन । यसैबीच राम लिम्बुले उपाधि पाउँदा प्रमोद खरेल भनै निकै खुशी देखिएका थिए । लिम्बु उनको टिममा रहेका थिए । यो उपाधि उचाल्दा खरेलको खुशिको सिमै रहेको थिएन् ।

प्रतिक्रिया दिनुहोस्