८ एसपी र २१ डिएसपी सरुवा, को कहाँ (सूचिसहित)

काठमाडौं, २१ मंसिर । नेपाल प्रहरीले ८ एसपी र २१ डिएसपीको काजमा सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालय नक्शाल कानुन शाखाका एसपी जनार्दन बीसीलाई जिलला प्रहरी कार्यालय स्याङ्जामा, स्याङ्जाका राजकुमार लम्साललाई नक्सालमा सरुवा गरिएको छ ।

यसैगरी सर्लाहीका गोपाल चन्द्र भट्टराई प्रहरी प्रधान कार्यालयको कानुन शाखामा सुरुवा भएका छन् ।

सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयका विश्वमणि पोखरेललाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पठाइएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका रविकुमार पौडेललाई जिल्ला प्रहरी कार्यालय काभ्रेमा र काभ्रेका जयराज सापकोटालाई २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरमा काज सरुवा गरिएको छ ।

यसैगरी जिल्ला प्रहरी कार्यालय धादिङका राजकुमार बैदवारलाई महानगरीय ट्राफिक प्रहरी महाशाखामा तानिएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका रविन्द्र रेग्मीलाई सरुवा गरि जिल्ला प्रहरी कार्यालय धादिङमा पठाएको छ ।

डिएसपीतर्फ साईबर व्यूरो काठमाडौंका यादव ढकाल, महानगरीय प्रहरी वृत्त बालाजुका बाल नरसिंह राणा, महानगरीय प्रहरी वृत्त थानकोटका कुमार विक्रम थापा, महानगरीय प्रहरी परिसर भक्तपुरका रेवतीरमण पोखरेल, महानगरीय प्रहरी वृत्त सातदोबाटोका गौतम मिश्र र प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षका शरतकुमार थापा क्षेत्रीको पनि सरुवा भएको छ ।

यस्तै महानगरीय प्रहरी वृत्त थानकोटमा घनश्याम श्रेष्ठको काज सरुवा भएको छ । त्यस्तै सातदोबाटोमा मित्रबन्धु शर्मा र बालाजुमा डीएसपी रन्जितसिंह राठौरको सरुवा भएको छ भने बालाजुका डीएसपी बालनरसिंह राणा साइबर ब्युरो पुगेका छन् ।

जिल्ला प्रहरी कार्यालय दोलखाका डीएसपी मानबहादुर राईलाई तानेर उनको ठाउँमा रेवतीरमण पोखरेललाई पठाइएको छ भने डीएसपी रुपेश खड्काले ओखलढुंगाको प्रहरी प्रमुखको अवसर पाएका छन् । त्यसैगरी बाजुराको प्रहरी प्रमुखमा टंकप्रसाद भट्टराईको सरुवा गरिएको छ ।

सरुवा गरिएका सूचि:

प्रतिक्रिया दिनुहोस्