सर्बशक्ति सहकारीको पुष २६ गते पाँचौं बार्षिक साधारण सभा हुने

काठमाडौ । सर्बशक्ति बचत तथा ऋण सहकारी संस्थाको पुष २६ गते पाँचौं बार्षिक साधारण सभा कार्यक्रम आयोजना हुने भएको छ ।
संस्थाले आयोजित साधारण सभामा बार्षिक प्रतिबेदन, लेखापरिक्षक नियुत्ति तथा पारिश्रमीक तोक्ने सम्बन्धी छलफल देखि लिएर अघिल्लो आ वको वासलात, नाफानोक्सान हिसाब पारित गर्ने त्यस्तै आगामी आ व को लागि अनुमानित बजेट प्रस्तुत गर्ने छलफल हुने कार्यक्रमको समेत आयोजना गरेको छ । संस्थाले यस वार्षिक साधारण सभामा आफ्ना सेयरधनीहरुलाई अनिवार्य उपस्थित हुन समेत अनुरोध गरेको मंसिर २० गतेको राष्ट्रिय दैनिक अभियानमा प्रकाशित गरेको छ ।
संस्थाले उक्त साधारणसभा एन्जल्स स्पोर्टस् प्राङ्गण तारकेश्वरमा पौष २६ गते शनिवार विहान १० बजेदेखि आयोजना गर्न लागेको छ । साथै कार्यक्रममा २०७५ सालको SEE परिक्षामा उत्तिर्ण भएको सम्पुर्ण शेयर सदस्यहरुको छोरा, छोरीहरुलाई सम्मान समेत गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्