प्राधिकरणको दाबि : एक वर्षमा धरहराको मुख्य संरचना तयार हुन्छ
काठमाडौं, मंसिर १९ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी एक वर्षमा धरहराको मुख्य संरचना तयार हुने दाबि गरेको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धरहराको पुनर्निर्माण द्रुत रुपमा भइरहेको जानकारी दिँदै आगामी एक वर्षमा मुख्य संरचना पुनर्निर्माण हुने दाबि गरेको हुन् ।
आज बसेको संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा उनले यस्तो दाबि गरेका हुन् ।
कार्यकारी अधिकृतले भने ‘धरहराको पुनर्निर्माण स्पष्ट कार्ययोजना र समय तोकेर गरिरहेका छौं, ‘समितिलाई स्पष्ट रुपमा भन्न चाहन्छौं कि धरहरा पुनर्निर्माण समयमा नै गर्नेछौं।’
यसरी गरी बैठकमा सांसदहरले धरहरा पुनर्निर्माणलाई समयमा सम्पन्न गर्न आफ्नो तर्फबाट सक्दो सहयोग हुने बताए। निर्माणको ठेक्का पाएको जिआइइटिसी–रमन जेभीले एक वर्षदेखि धरहराको पुनर्निर्माण गर्दै आएको छ। प्राधिकरणले धरहराको मुख्य संरचना आगामी एक वर्ष्भित्र सम्पन्न गर्ने कार्ययोजना बनाएको छ।
प्रतिक्रिया दिनुहोस्