विहीबार १६औं महिला स्वास्थ्य स्वयं सेविका दिवस मनाइँदै

कठमाडौं। १८ मंसिर । “गाउँनगरमा महिला स्वास्थ्य स्वयं सेविका स्वास्थ्य प्रवद्र्घनमा अहम् भूमिका” भन्ने मूल नाराका साथ १६ औं महिला स्वास्थ्य स्वयं सेविका दिवस विहीबार देशभर मनाइँदै छ ।
आ.व. २०४५÷४६ देखि शुरु भएको महिला स्वास्थ्य स्वयं सेविका कार्यक्रमले नेपालमा मातृ तथा शिशु स्वास्थ्य, परिवार नियोजन सेवा, प्राथमिक स्वास्थ्य सेवाको उपयोग तथा महिला सशक्तिकरणको सुधारमा योगदान गर्दै आएको छ ।
हाल देशभर ५१ हजार ४ सय २३ महिला स्वास्थ्य स्वयं सेविकाहरूले समुदाय स्तरमा मातृ तथा बाल स्वास्थ्यमा सुधार ल्याउन प्रत्यक्ष सेवा दिदै आएका छन् । स्थानीय समाज, संस्कृति र समुदाय बुझेका स्वयं सेविकाहरूले स्वास्थ्य आमा समूहको परिचालन र स्थानीय स्वास्थ्य संस्थाहरूसँग आवद्ध भई अन्य कामहरू गरिरहेका छन् । स्वयंसेवी भावनालाई आत्मसात गरी स्वास्थ्य क्षेत्रमा पु¥याएका योगदानले कारण महिला स्वास्थ्य स्वयंसेविकाहरूले “समुदायको साँचो”को रुपमा कार्य गरिरहेका छन् ।
महिला स्वास्थ्य स्वंयसेविकाहरूले सुरक्षित मातृत्वका लागि सुत्केरीको रक्तश्राव रोक्न मातृ सुरक्षा चक्की, परिवार नियोजनका अस्थायी साधनहरू, गर्भवति महिला र सुत्केरी पश्चात आइरन चक्की जस्ता कामहरू गर्दै आएका छन् । यस अतिरिक्त बाल स्वास्थ्य अन्तर्गत भिटामिन ए, झाडापखाला लागेका बच्चाहरूलाई जीवनजल तथा जिंक चक्की र जुकाको औषधीको वितरण लगायत स्वास्थ्य सम्बन्धी जनचेतना जगाउने कामहरू गर्दै आएका छन् ।
यसै सन्दर्भमा “गाउँनगरमा महिला स्वास्थ्य स्वयं सेविका, स्वास्थ्य प्रवद्र्घनमा अहम् भूमिका” भन्ने मूल नाराका साथ यो वर्ष देशभर १६ औं राष्ट्रिय महिला स्वास्थ्य स्वयं सेविका दिवस मनाइरहेको छ ।
नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक रोशनी लक्ष्मी तुइतुइले यस दिवसमा महिला स्वास्थ्य स्वयंसेविकाहरूको क्षमता अभिवृद्धिको लागि तालिम, गोष्ठी, अनुभव आदान प्रदान सहित नयाँ प्रविधिको प्रयोग मार्फत् सूचना र समसामयिक विषयमा ज्ञान र सीप अभिवृद्धिको लागि हुँदै आएका प्रयासलाई आगामी दिनमा निरन्तरता दिइने जानकारी गराइन् ।
उनले महिला स्वास्थ्य स्वयंसेविकाको सेवालाई संघीय संरचना अनुकूल बनाउन तथा सेवा प्रवाहमा समयसापेक्ष परिमार्जन गर्न हाल महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका रणनीति परिमार्जनको अन्तिम तयारी गरिरहेको खुलासा गरिन् ।
देशको बिकट भौगोलिक क्षेत्रलगायत अन्य क्षेत्रमा रहेर योगदान पु¥र्याउँर्द आएको महिला स्वास्थ्य स्वयं सेविकाहरुको उच्च कदर गर्दै सबै नागरिकले आफ्नो क्षेत्रमा काम गर्नु हुने महिला स्वास्थ्य स्वयं सेविकाहरूको भूमिकाको स्मरण र सम्मान गर्न सबैसँग अपिल समेत निर्देशक तुइतुईले गरे ।
महिला स्वास्थ्य स्वयं सेविकाहरूको स्वास्थ्य क्षेत्रमा योगदान एक झलकः

प्रतिक्रिया दिनुहोस्