सुनको मूल्य तोलामै ८ सय रुपैयाँले बढ्यो

काठमाडौँ, मंसिर १८ । स्थानीय बजारमा बुधवार सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा आठ सयले बढेर बुधबार सुन प्रतितोला बढेर ७२ हजार दुई सय रूपैयाँमा उक्लिएको छ । मंगलवार प्रतितोला मूल्य ७१ हजार ४ सय रूपैयाँ थियो ।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । बुधबारका लागि प्रतितोला चाँदीको मूल्य ८ सय ६५ रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिनको तुलनामा चाँदीमा १५ रूपैयाँले बढेको हो । मंगलवार चाँदीको मूल्य ८ सय ५० रुपैयाँ कायम थियो ।

अन्तर्रा्ष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढेका कारण स्थानीय बजारमा त्यसको प्रभाव परेको महासंघको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्