देउवाले फेरी दुई जना राज्यमन्त्री थप्ने

काठमाडौं । इतिहासकै जम्बो मन्त्रिमण्डल बनाएका प्रधानमन्त्री शेरबहादुर देउवाले फेरी दुई जना राज्यमन्त्री थप्ने भएका छन् । यस अघि ५४ सदस्यीय मन्त्रिमण्डल रहेको सरकारमा राप्रपा (प्रजातान्त्रिक) बाट थप दुई जना राज्यमन्त्री सिफारिस गरिएको छ ।

पार्टी अध्यक्ष पशुपति शम्शेर राणाले विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा विराज विष्ट र वन तथा भू–संरक्षण राज्यमन्त्रीमा कमला शर्मालाई सिफारिस गरेका हुन । सिफारिस गरिएका राज्यमन्त्रीको सोमवारै सपथ ग्रहण कार्यक्रम रहेको स्रोतले बताएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्