बाग्लुङ जीप दुर्घटना : १४ जनाकै सनाखत (नामसहित )

काठमाडौं, मंसिर १७ । बाग्लुङको बडिगाड दुर्घटनामा ज्यान गुमाउनेको सनाखत भएको छ । दुर्घटनामा चालकसहित १४ जनाको घटनाास्थलमै मृत्यु भएको थियो । एकजनालाई बडिगाड खोलाले बगाएर वेपत्ता भएका छन ।

जीपमा १८ जना सवार थिए । घाइते ३ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी प्रमुख नवराज भट्टले बताए ।

गुल्मीको इस्माबाट कुलपूजा ९देवाली०का लागि बागलुङको देवीस्थान जाँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप बडिगाड गाउँपालिका–७ घोपर्नाबाट खोलामा खसेको थियो ।

दुर्घटनामा गुल्मी इस्मा गाउँपालिका–५ का २५ वर्षीय चालक रेशम थापाको मृत्यु भएको छ । गुल्मी इस्मा गाउँपालिका– ५ कै २३ वर्षीया माया थापा, इस्मा–५ का ४० वर्षीया वसुन्धरा कार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । इस्मा–५ कै ४० वर्षीया सीता कार्की, सोही गाउँपालिकाका ४५ वर्षीय भूमि कार्की, २५ वर्षीया मिना कार्की, उमेर नखुलेका तुलसी कार्की र धनबहादुर कार्की रहेका छन् । त्यसैगरी इस्माकै ४० वर्षीय छवि कार्कीको मृत्यु भएको छ ।

दुर्घटनामा नवलपरासी बर्दघाटकी झुमा कार्की, बागलुङ बडिगाड–५ की ५५ वर्षीया लक्ष्मी केसीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । ठाउँ वतन नखुलेका सूचना कार्की रहेका छन् । दुर्घटनामा ज्यान गुमाएका पाँच वर्षीया बालिका र थप एकजनाको सनाखत हुन बाँकी छ ।

दुर्घटनामा नवलपरासी बर्दघाटका जीवन कार्की, रोल्पा घर, इस्मा माइती भएकी नीमा कार्की, इस्माकै हिमाल कार्की दुर्घटनामा घाइते भएका छन् । उनीहरूलाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्