एक सुत्केरीको हेलिकप्टरबाट उद्दार
काठमाडौं, मंसिर १७ । सुत्केरी हुन नसकेकी जाजरकोटकी एक महिलालाई हेलिकप्टरमार्फत उद्दार गरिएको छ ।
उद्दार हुनेमा जाजरकोटको जुनीचाँदे गाउँपालिका–२ की कमला नेपाली रहेकी छन् । उनलाई मंगलबार बिहान हेलिकप्टरमार्फत सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा ल्याइएको हो ।
सोमबार बिहानदेखि सुत्केरी व्यथा सुरु भएकी कमलाको बच्चा जन्मिन सकेको थिएन। बच्चा नजन्मँदै अत्याधिक रक्तश्राव हुन थालेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत अस्पताल र्पुयाइएको जुनीचाँदे–२ का वडा अध्यक्ष रामबहादुर नेपालीले बताए ।
उनलाई कर्णाली प्रदेश अस्पतालमा भर्ना गरिएको नेपालीले बताए ।
प्रतिक्रिया दिनुहोस्