बागलुङमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु, उद्धारका लागि हेलिकप्टर पठाउने तयारी

काठमाडौं, मंसिर १७ । बागलुङमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ गुल्मीको तम्घासबाट कुलपूजाको लागि बागलुङको देवीस्थान आउँदै गरेको दुर्घटनामा ३ जना गम्भीर घाइते पनि भएका छन् ।

गुल्मीबाट बागलुङको देवीस्थानमा कुलपूजा गर्नका लागि हिँडेका कार्की परिवार चढेको ग१ज ५२१९ नम्बरको जिप बडिगाड गाउँपालिकाको भिमगिठे नजिकै कोप्चे भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

जिप सडकबाट ३ सय मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा ९ महिला, ४ पुरुष र एक बालकको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी भएको छ ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माका अनुसार घाइतेहरुलाई उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर पठाउने तयारी भइरहेको छ । दुर्घटनामा मृत्यु हुनेहरुको नाम खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्