ग्राण्डी सोसियल फाउण्डेशनको प्रथम वार्षिक साधारणसभा सम्पन्न

काठमाडौ, ग्राण्डी सोसियल फाउण्डेशनले आफ्नो प्रथम वार्षिक साधारण सभा यही २०७६ साल मंसीर १३ गते सम्पन्न गरेको छ ।
राष्ट्रमा संस्थागत सामाजिक उत्तरदायित्व (CSR) को वृहत प्रस्तावको प्रवद्र्धन तथा ग्रामिण समुदायमा सकारात्मक परिवर्तन ल्याउने, विकासका कृयाकलपमा सहयोग गर्ने हेतुले स्थापना भएको यस संस्थाले मुख्य रुपमा शिक्षालाई विशेष प्राथािकता दिदै काभ्रे जिल्लाको पाँचखाल नगरपालिकामा स्थानीय सरकार र केही गैर सरकारी संस्थाहरु संगको साझेदारीमा कार्यक्रम संचालन गर्दै आईरहेको छ । हाल यस संस्थाले निम्न विद्यालयहरूकोे भौतिक संरचना, अंग्रेजि अध्यापन गराउन शिक्षकको व्यवस्था, शिक्षकहरुलाई व्यापक तालिम र विद्यार्थीहरूलई अतिरिक्त कृयाकलापमा सहयोग गर्नको लागी एउटा प्याकेजको रुपमा संचालन गर्दै आईरहेको छ ।
1. ज्ञानेश्वरी माध्यमिक विद्यालय, वडा नं. १
2. सृजना प्राथमिक विद्यालय, वडा नं. १
3. भक्रमदेवी माध्यमिक विद्यालय, वडा नं. २
4. बालप्रतिभा प्राथमिक विद्यालय, वडा नं. २
5. दुग्धेश्वर माध्यमिक विद्यालय, वडा नं. ४
6. समाज कल्याण प्राथमिक विद्यालय, वडा नं. ४

साथै आगामी दिनहरूमा यस संस्थाले आफ्नो कार्यक्रमहरूलाई थप विद्यालयहरूमा पनि बिस्तार गर्दै लैजाने योजना बनाएको छ । यसको लागि आवश्यक स्रोत साधनको व्यवस्था सदस्यता बिस्तार तथा बिभिन्न संस्थाहरुले संस्थागत सामाजिक उत्तरदायित्वको लागी छुट्टायाउने रकम बाट पूरा गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्