निःशुल्क ट्यूशन पढाई उदाहरणीय कार्य गरे प्रअ.गुरूङले

काठमाडौं, मंसिर १६ । विद्यालय समय सकिसकेपछि पनि शिक्षकले विद्यार्थीको शैक्षिक स्तर सुधारको लागि निःशुल्क क्लास (ट्यूशन) पढाउँछन् भन्दा सबैलाई अनौठो लाग्न सक्छन् । तर, धादिङको नीलकण्ठ नगरपालिका ११ ज्यामरुङ स्थित लामास्थान आधारभूत विद्यालयका प्रधानाध्यापक डामान सिंह गुरूङ विद्यार्थीको शैक्षिक स्तर सुधारको निम्ति निःशुल्क क्लास (ट्यूशन) पढाउँछन् । उनले कक्षा ८ का विद्यार्थी लाई स्कुल समय पछि दैनिक एक घण्टा नियमित निःशुल्क ट्यूशन पढाउँदै आएका छन् । कतिखेर स्कुल समय सकिएला र घर फर्कन पाइएला भन्ने शिक्षकले यसरी विद्यार्थी लाई स्कुल समयपछि पनि एक घण्टा नियमित निःशुल्क ट्यूशन बढाउनु यो उनको महानता हो । यो सबैका लागि उदाहरणीय कार्य बन्न सक्छ ।

“विद्यार्थीलाई सिकाउनु शिक्षकको दायित्व हो, सबै शिक्षकले स्कुल समय पछि पनि निःशुल्क अतिरिक्त कक्षा लिनुपर्छ भन्ने हैन । तर आफु भने दैनिक १ घण्टा विद्यार्थीलाई निःशुल्क पढाउने गरेको छु, प्र.अ. गुरुङ भन्छन्, कुनै यस्तो लोकप्रियताका लागि नभई विद्यार्थीहरुको गुरुका हैसियतले कक्षा ८ का विद्यार्थीहरुलाई दैनिक एक घण्टा निःशुल्क पढाएको हुँ ।”

प्र.अ. गुरुङको उदाहरणीय कार्यको प्रशांसा गर्दै नीलकण्ठ नगरपालिका, ११ का अध्यक्ष तिलक थापामगरले प्र.अ. गुरूङको यस्ता उदाहरणीय कार्यको उच्च मुल्यांकन गर्नुपर्ने बताए । आफ्नो घरको कामलाई थाँतिमा राखी यसरी विद्यार्थीलाई अब्बल बनाउन निःशुल्क पढाउनु भनेको उहाँको महान कार्य हो । उनले भने, “यसको सबैले मुल्यांकन गर्नु पर्छ । उनको कार्यलाई उदाहरणको रुपमा लिई अरुले पनि यस्तो कार्य गर्न हौसला दिनुपर्छ ।” यसले पैसा लिएर ट्यूशन तथा कोचिङ पढाउने परिपाटीलाई अत्य गर्न दवाव पैदाका साथै चुनौती समेत दिएको अध्यक्ष थापामगरले बताए ।

प्रतिक्रिया दिनुहोस्