उपनिर्वाचन : ४० ठाउँको मत परिणाम आयो, अहिलेसम्म कहाँ कसले जित्यो ?

काठमाडौ , मंसिर १५ । शनिबार भएको प्रतिनिधिसभा, प्रदेशसभा, स्थानीय तह र वडा गरी ५२ स्थानमा भएको उपनिर्वाचन अन्तर्गत ४० ठाउँको मत परिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको मणपरिणामा अनुसार प्रदेश सभा अन्तरगत भक्तपुर निर्वाचन क्षेत्र १ (क)को उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेल विजयी भएका छन् ।

निर्वाचन आयोगले विभिन्न स्थानीय तहका ३९ वटा वडाको निर्वाचन परिणाम सार्वजनिक भएको हो । प्रदेश सभाको निर्वाचन दाङ र बाग्लुङको निर्वाचन परिणाम आउने क्रम जारी छ ।

दाङमा नेकपाका उम्मेदवारले प्रारम्भिक अग्रता लिएका छन् । प्रतिनिधि सभा कास्कीमा नेकपाको उम्मेदवार अगाडि छन् । धरानमा नेकपा र नेपाली काग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा छ ।

प्रतिक्रिया दिनुहोस्