भरतपुर विमानस्थल आजदेखि १० दिनसम्म बन्द
काडमाडौं, मंसिर १५ । विमानस्थलको रनवे ओभरले तथा पार्किङ विस्तारका लागि भन्दै चितवनको भरतपुर विमानस्थल आज आइतवारदेखि १० दिन बन्द हुने भएको छ ।
मंसिर २४ गतेसम्म विमानस्थल बन्द गरिएको नेपाल नागरिक उड्यन प्राधिकरण भरतपुर विमानस्थल कार्यालयले जनाकारी दिएको छ ।
प्राधिकरण कार्यालयले विमानस्थल १० दिन बन्द रहने ‘नोटाम’ जारी गरिसकेको छ ।
विमानस्थलको रनवे ठाउँठाँउमा भत्किएको, कतै उप्किएको कारणले ओभरले गर्ने योजना बनाइएको प्रोजेक्ट इन्चार्ज हिमज्योती थापाले बताए ।
विमानस्थल ओभर ले गर्दा ६० एमएमको पिच हुनेछ । रातिको समयमा चिसो मौसम भएकोले काम गर्न नसक्ने तथा दिउँसोमा विमानहरुका कारणले काम गर्न असहज भएकोले बन्द गरेर नै काम गर्ने अनुमति लिइएको प्रमुख गौतमले बताएका छन् ।
७०र७० मिटर रहेको पार्किङलाई बढाएर ९०र८० को बनाउन खोजिएको छ । धावनमार्ग ओभरले र पार्किङ क्षेत्र विस्तारका लागि ४ करोड ४२ लाख ४७ हजार ७ सय ८८ रूपैंया लागत अनुमान गरिएको छ ।
६२ बिघा क्षेत्रफलमा फैलिएको विमानस्थलको धावनमार्ग एक हजार २०० मिटर लामो र ३० मिटर चौडा छ । भरतपुरमा बुद्ध, यती र सिम्रिक एयरलाइन्सले उडान गर्ने गरेका छन् ।
भरतपुर(काठमाडौँ दैनिक ८ र बुद्ध र यतिले भरतपुर(पोखरा एक(एक उडान गर्दै आएका छन् । यो विमानस्थलबाट दैनिक ८ सय यात्रुले सेवा लिदैं आएका छन् । यसरी विमानस्थल १० दिन बन्द हुँदा भने यात्रुहरुलाई भने केहि समस्या हुने भएको छ ।
हवाइ यात्रा गर्नेहरुले पनि केहि दुख्न भोग्नु पर्ने भएको छ । यसको स्तरउन्नती गर्नका लागि भएपनि १० दिन सम्म विमान बन्द गर्न लागिएको हो ।
प्रतिक्रिया दिनुहोस्