बलात्कार आरोपी सिद्धबाबा आईसीयूमा भर्ना , के भयो एकाएक ?

काठमाडौं, मंसिर १४ । बलात्कार आरोपी सिद्धबाबा आईसीयूमा भर्ना भएका छन् ।बलात्कार आरोपमा पक्राउका लागि प्रहरी अस्पताल आइपुगेपछि सिद्धबाबा भनिने कृष्णबहादुर गिरी आईसीयूमा भर्ना भएका छन् । बिहीबारदेखि विराट नर्सिङहोममा बसिरहेका सिद्धबाबा आइतबार करिब ११ बजे आईसीयूमा भर्ना भएका हुन् ।

आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेका सिद्धबाबालाई अस्पतालबाटै पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद शर्मा विराट नर्सिङहोममा आइपुगेका छन् ।
उनी आएलगतै चिकित्सकले सिद्धबाबालाई आईसीयूमा सार्न भनेका थिए ।

एक्कासी उनको मुटुको चाल बढेपछि डाक्टर ज्ञानेन्द्र गिरीको सिफारिसमा आईसीयूमा भर्ना गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

गत कात्तिक ४ गते बलात्कार गरेको भन्दै एक महिला अनुयायीले प्रहरीमा उजुरी दिएकी थिइन् । यसकै आधारमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

एकाएक मुटु र छातीमा समस्या बढेको भन्दै उनलाई आइतबार बिहान ११ बजे आईसीयूको १० नम्बर बेडमा सारिएको हो । सिद्धबाबाको उपचारमा बरिष्ठ मुटु रोग विशेषज्ञ डा. ज्ञानेन्द्र गिरी नेतृत्वको चिकित्सक टोली खटिएको छ ।

प्रतिक्रिया दिनुहोस्