ओभरटेक गरेकै निहुँमा कुटपिट गरी हत्या, चार पक्राउ

काठमाडौं, मंसिर १३ । कञ्चनपुरमा ओभरटेक गरेकै कारण एक जनाको हत्या गएिको छ । बिहीबार छिमेकीको मोटरसाइलमा बुवा बिशनदत्त पन्तसँग आउँदै गरेका बेला भीमदत्त नगरपालिका–४ गोवरियास्थित सडकमा चारै जनाले दीपक पन्तसँग विवाद गरी कुटपिटसँगै चक्कु प्रहार गरेका थिए।

उनीहरूले मोटरसाइकल ओभरटेक गरेको निहुँमा दीपकलाई कुटपिट गरेको प्रहरीले जनाएको छ । उनको उपचारका क्रममा निधन भएको हो ।

यसैगरि २२ वर्षीय दीपक पन्तलाई हत्या प्रकरणमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–४ का २० वर्षीय मनिष नाथ, २२ वर्षीय गणेश लुहार, २० वर्षीय रोनी भनिने नवीन सिंह र २२ वर्षीय विनोद बोहरा रहेको र उनीहरुलाई सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अभियुक्त चारै जनाले घटना स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए । पक्राउ परका माथि थप अनुसन्धान थालीएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्