४ महिनामा साढे १ अर्ब रुपैयाँको प्याज आयात

काठमाडौं, मंसिर १३ । पछिल्लो समय प्याजको मुल्य सोचे भन्दा नि बढि आकासिएको छ । यति सम्म कि समाजिमक सञ्जालमा पनि यसको चर्चा परिचर्चा खुबै हुने गरेको छ , यसको मुल्य छोइनस्कनु भएकाले । एकैचोटी प्याजको भाउ ह्वात्तै बढ्दा सर्वसाधारण मर्कामा परेका छन् ।

यसको मुल्य घट्ने सम्भावना नभएको व्यापारीले बताउँदै आएक छन् । यसैबीच नेपालले आर्थिक वर्ष २०७६र०७७ को पहिलो ४ महिनामा भारत तथा तेस्रो मुलुकबाट साढे १ अर्ब रुपैयाँ भन्दा बढी मूल्यको प्याज आयात गरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको ४ महिनाको तथ्यांकमा नेपालले कूल १ अर्ब ५८ करोड ७७ लाख ९४ हजार रुपैयाँ बराबरको प्याज आयात गरेको उल्लेख छ। नेपालले भारतबाट कूल ४ करोड १५ लाख ७७ हजार ८ सय ६३ केजी, चीनबाट ३ लाख ६४ हजार ७ सय ५६ केजी र नामिबियाबाट १२ हजार केजी प्याज आयात गरेको छ।

साउनदेखि कात्तिक मसान्तसम्मका नेपालले कूल ४ करोड १९ लाख ५४ हजार ६ सय १९ केजी प्याज आयात गरेको छ। चालु आवको पहिलो ४ महिनाकै १करोड ११ लाख ८० हजार ६ सय ६३ केजीले प्याज आयात घटेको छ।

तर, गत आव २०७५र०७६ सोही अवधिमा नेपालले कूल ५ करोड ३१ लाख ३५ हजार २ सय ८२ केजी प्याज आयात गरेको थियो। आयातित प्याज सबै भारतबाट मात्रै आएको थियो। नेपालले गत आवको ४ महिनामा १ अर्ब ७० करोड ७७ लाख ८० हजार रुपैयाँ बराबरको प्याज आयात गरेको थियो।

गत आवको तुलनामा चालु आवमा प्याज आयात ७ प्रतिशले घटेको हो। प्याज आयात घट्नु्को प्रमुख भारतले प्याज निकासीमा लगाएको प्रतिबन्ध नै हो। भारतले प्याज निकासीमा प्रतिबन्ध गरेसँगै नेपाली बजारमा प्याजको मूल्यमा उतरचढाव आएको छ।

प्रतिक्रिया दिनुहोस्