जाजरकोटमा फैलिएको भाइरल ज्वरो नियन्त्रण बाहिर

काठमाडौं । जाजरकोटमा पुस पहिलो सातादेखि फैलिएको भाइरल ज्वरो नियन्त्रण बाहिर गएको छ । तीन सातासम्म नियन्त्रणमा आउन नसक्दा अहिले सम्म १३ जनाको मृत्युभएको छ, भने २ हजार बिरामी परेका छन् ।

गत पुस पहिलो सातादेखि जुनीचाँदे १, २, ३ र ११ वडामा फैलिएको भाइरल ज्वरोको प्रकोप नियन्त्रणमा आउन सकेको छैन । प्रकोप फैलिएको तीन साता बित्दा पनि नियन्त्रणमा आउन नसकेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
रोग प्रभावित क्षेत्रमा भाइरलबाट बिरामी पर्ने क्रम बढदो छ ।

जुनीचाँदेमा भाइरलका बिरामी घरघरमा थलिएका छन् । जुनीचाँदेमा फैलिएको भाइरलको परिक्षणका लागि काठमाडौं पठाइएको जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपालीको भनाई छ । यसैबीच– विशेषज्ञ चिकित्सकद्वारा जुनीचाँदेमा फैलिएको भाइरलका बिरामीको उपचार सुरु भएको छ ।

कर्णाली स्थास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट आएका बाल रोग विशेषज्ञ डा. नम्रता सिन्दानको टोलीले जुनीचाँदे १, बडकुलेमा बिरामीको उपचार सुरु गरेको हो । टोलीमा ५ चिकित्सकसहित २१ स्वास्थ्यकर्मी परिचालित छन् । जुनीचाँदेको भैरव मावि, बडकुले र डाडाकोट गरी ३ स्थानमा अस्थायी क्याम्प स्थापना गरेर उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्