लायन्स क्लवहरुको संयुक्त पदस्थापन आपतकालिन कोषमा सहयोग गर्न एक रुपैया अभियान संचालन

शरद रेग्मी असोज २ तुलसीपुर । यस क्षेत्रमा क्रियाशिल लायन्स क्लवहरुको संयुक्त पदस्थापन सोमवार दाङको तुलसीपुरमा सम्पन्न भएको छ । लायन्स क्लव अफ दाङ, स्वार्गद्धारी, तुलसीपुर, अरनिको र दाङ दिव्यज्योति क्लवको संयुक्त पदस्थापन कार्यक्रममा वोल्दै डिष्टिक ३२५ वि.टु का गर्भनर मधुसुदन शर्माले दुरदराजमा रहेका आम जनताहरुको सेवा गर्नु लायन्स क्लवको प्रमुख कर्तव्य रहेको वताउनु भयो । उहांले आपत विपतमा परेको वेला सहयोग गर्नु नै आफूहरुको दायित्व रहेको वताउनु भयो । साथै उहांले आफ्नो कार्यकालमा आपतकालिन कोष, लायन्स फाउन्डेसन कोषको वृद्धि , चिल्डे«न पार्क, सर्भिस प्रोजेक्ट र एक कप चिया कटौति गरेर भए पनि लायन्स क्लवको प्रोजेक्टमा सहयोग गर्न अपिल गर्ने जस्ता कार्यक्रमहरु अगाडी सारेको वताउनु भयो । लायन्स क्लव अफ दाङका राजेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षता भएको कार्यक्रममा उपमेयर माया आचार्य, वडा नं ५ अध्यक्ष विरेन्द्र कुमार शाह , वडा नं. ६ अध्यक्ष नवराज लामिछाने, प्रजातान्त्रिक यातायात व्यवसायी संघका नवनिर्वाचित सचिव सुरेश हमाल, लायन्स क्लव दाङलाई १ करोड बराबरको जग्गा प्रदान गर्नु हुने दाता देवेन्द्र के.सी., लाई कार्यक्रममा सम्मान गरिएको थियो ।
त्यसै गरी कार्यक्रममा क्लीन तुलसीपुर ग्रिन तुलसीपुरका तत्कालिन संयोजक विमल रिजाल , तुलसीपुर नगरविकास समितिका अध्यक्ष यज्ञ वहादुर के.सी., तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विर वहादुर रावत, रिर्पोटर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीलाई गर्भनर शर्माले दोसल्ला ओडाएर सम्मान गर्नु भएको थियो । कार्यक्रममा डिष्ट्रिक सिनियर एडभाईजर विनोद कुमार श्रेष्ठ , प्रथम उपाध्यक्ष सुनिल ओझा , सचिव चिन्तामणि धिताल, उपमेयर माया आचार्य, वडा नं ६ का वडा अध्यक्ष नवराज लामिछाने, लायन्स क्लव अफ दाङका पूर्व अध्यक्ष विमल रिजाल, ,जग्गा दाता देवेन्द्र के.सी.लगायतले वोल्नु भएको थियो ।
स्वागत क्लवका पूर्व अध्यक्ष टेकन प्रसाद कडेल र धन्यवाद ज्ञापन सुरेश हमालले गर्नु भएको थियो भने संचालन गणेश अधिकारीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्