चन्द्रागिरीमा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु
काठमाडौं, मंंसिर १२ । काठमाण्डौको चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ स्थित मातार्तिर्थमा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ । सडकको वाल उठाउन खन्ने क्रममा माटोको ढिस्को खस्न पुगेको थियो ।
मृत्यु हुनेमा दाङको बबइ गाउँपालिका वडा नम्बर १ का प्रकाश घर्ती र प्रेम पुनको रहेको महानगरीय प्रहरी प्रभाव बलम्बुका इन्स्पेक्टर शंकर खड्काले बताए ।
उनीहरुलाई घाइते अवस्थामा ओम समाज अस्पताल कलंकीमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
यता भक्तपुरमा पानी बोक्ने हाथी गाडीको ठक्करले एक पैदलयात्रीको ज्यान गएको छ ।
बिहिवार बिहान ९ बजे मध्यपुरथिमी नगरपालिका ५ को प्राणोदय स्कुलनजिकै बा१२च ५६५६ नम्बरको गाडीले ठक्कर दिँदा सोही नगरपालिका ६ की २५ वर्षीया ज्योति मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार ठक्कर दिँदा गम्भीर घाइते भएकी मगरको उपपचारका लागि मध्यपुर अस्पताल र्पुयाउँदा मृत्यु भएको हो ।
दुर्घटनामा संलग्न गाडी र चालक थिमी ७ नगदेशका बेलबहादुर तामाङलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्