सरकारले बेलायतबाट पनि लिम्पियाधुराबारे प्रमाण ल्याउँछ, अरूको भूमि एक इन्च पनि चाहिँदैन,’ मन्त्री बाँस्कोटा

काठमाडौं, मंसिर १२ । सरकारले नेपालका भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी विवाद समाधान गर्नेबारे पहल गरिरहेको बताएको छ।

बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै सरकार प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लिम्पियाधुरासम्म नेपालको भूमि भएको प्रमाण आफूहरूसँग सुरक्षित रहेको बताए।

‘हामीलाई अरूको भूमि एक इन्च पनि चाहिँदैन,’ उनले भने, ‘हामीसँग प्रमाण छन् त्यो भूमि हाम्रो हो। पुरानो जनगणना, हाम्रा लालपूर्जा प्रमाण हुन्।’

उनले थप प्रमाण आवश्यक परे पनि खोजी गरिने बताए।

‘व्रिटेनका अभिलेखालयमा पनि सुगौली सन्धिका प्रमाण होलान्। हामी त्यो प्रमाण खोज्न सक्छौं,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्