अस्पतालबाटै प्रधानमन्त्रीको ट्विट: स्वास्थ्यमा तीव्र सुधार भइरहेको छ

काठमाडौं, मंसिर १२ । उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्थामा तीव्र गतिमा सुधार आएको बताएका छन्।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीले बिहीबार ट्विट गर्दै भनेका छन्, ‘बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु। यतिबेला मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ।’

प्रधानमन्त्री ओलीले स्वास्थ्यस्थिति बारे चासो राख्ने, शुभेच्छा प्रकट गर्नेलाई धन्यवाद पनि दिएका छन्।

प्रधानमन्त्री ओलीको मनमोहन कार्डियाथोसासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा मंगलबारदेखि उपचार भएरहेको छ।

प्रतिक्रिया दिनुहोस्