अर्घाखाँची बस दुर्घटना हुँदा १० जनाको मुत्यु , ११ जना घाइते

काठमाडौं , मंसिर ११ । अर्घाखाँचीको सन्धीखर्क नगरपालिका–६, नरपानीमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।

५ नं. प्रदेश प्रहरी कार्यालयले अहिलेसम्म १० जनाको मृत्यु भएको विवरण आएको पुष्टि गरेको हो ।

प्रदेश प्रहरी प्रमुख डीआईजी सुरेश विक्रम शाहले सन्धीखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख २१४८ नम्बरको गाडी सडकबाट करिब चार सय मिटर तल खसेको अनलाइनखबरलाई बताए । उनका अनुसार घटनामा ११ जना घाइते छन् ।

अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट डीएसपी प्रकाश विष्टको कमाण्डमा खटिएको टोली थप घाइतेको उद्दार गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।

डीआइजी शाहका अनुसार बस सडकबाट ६ सय मिटर तल खसेको छ । डीआइजी शाहले भने,‘‘बसपार्कबाट १७ जना टिकट काटेर यात्रा गरेको देखिन्छ भने बाटोमा ३ जना थपिएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्