प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार, केहीदिन अस्पतालमै, इसाराले कुरा गर्न थाले

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्तामा सुधार हुँदै गएको छ । सुधारपछि बुधबार बिहान प्रधानमन्त्री ओलीलाई भेन्टिलेटरबाट पनि हटाइएको छ ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार स्वास्थ्यमा सुधार भइरहेको छ र एनेस्थेसिया दिदादेखि राखिएको जुन भेन्टिलेटर थियो, त्यो पनि आज बिहान हटाइएको छ ।
सोमबार रातिदेखि एपेन्डिस दुखेपछि मंगलबार बिहानै प्रधानमन्त्री ओलीलाई अस्पताल र्पुयाइएको थियो । अस्पतालमा डाक्टरहरूले अपरेसन गरेर एपेन्डिस काटेर फालिदिए। र एपेन्डिसका कारण पेटमा जमेको पिप र अन्य विकार सफा गर े।

शल्यक्रिया गर्दासम्म प्रधानमन्त्रीको पेटमा ठूलो मात्रामा संक्रमण भइसकेको थियो। पेटको त्यो संक्रमण रगतमा पुगेको भए त्यसले स्वास्थ्यमा थप जटिलटा ल्याउँथ्यो । संक्रमण थप फैलिन नदिन त्यसको उपचार गर्न डाक्टरहरूले मंगलबारदेखि नै एन्टिबायोटिक प्रयोग गरेका थिए ।

‘प्रधानमन्त्रीमा त्यो संक्रमणले पारेको असर पनि आज हटेको छ,’ ती चिकित्सकले भने,‘अहिले उहाँको अवस्था अपरेशन गरेका अरू सामान्य बिरामीको जस्तै हो।’

प्रधानमन्त्रीलाई हिजैदेखि भेल्टिलेटर प्रयोग गरिएको र मुखमा माक्स लगाइएको थियो। शल्यक्रियापछि केहीबेरमा होस आए पनि प्रधानमन्त्री बोल्न सकेका थिएनन्। उनले मंगलबार दिउँसोदेखि नै आँखा हेरेर इशारा भने गरेका थिए ।

‘आज बिहान भने प्रधानमन्त्री बोल्नुभयो। स्वास्थ्य सुधार भएपछि भेन्टिलेटर हटाइएको छ,’ ती चिकित्सक भने । प्रधानमन्त्रीलाई डाक्टरहरूको निरन्तर निगरानीमा राखिएको छ।

चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीलाई केही दिन अस्पतालमै राखिने तापाले जानकारी दीए ।

प्रतिक्रिया दिनुहोस्