प्रधानमन्त्रीको एपेडिक्सको अप्रेसन: स्वास्थ्य स्थिर

काठमाडौं मंसिर १० । प्रधानमन्त्री केपी शर्मा ओलीले एपेडिक्सको अप्रेसन गरिएको छ ।

पेट दुख्ने समस्या बढेपछि प्रधानमन्त्री ओली मंगलबार विहान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेका थिए ।

चिकित्सकहरुले स्वास्थ्य परीक्षण गर्दा एपेन्डिसाइटिस भएको पत्ता लागेपछि अपरेशन गरिएको हो ।

अहिले प्रधानमन्त्री चिकित्सकहरुको निरन्तर निगरानीमा रहेको र उनको अवस्था स्थिर रहेको अस्पतालका कार्यकारी निर्देशन प्रा. डा. उत्तमकृष्ण श्रेष्ठले बताए ।

उपचारमा प्रा डा अरुण सायमी, प्रा डा रमेशसिंह भण्डारी, डा दिव्या सिंहलगायतलगायत संलग्न हुनुहुन्छ ।

चिकित्सकका अनुसार एपेन्डिसाइटिस भएमा जति सक्यो चाँडो यसको शल्यक्रिया गर्नुपर्ने हुन्छ । यसअघि प्रधानमन्त्री ओलीको मिर्गौलामा समस्या आएपछि डायलासिस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्