प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् ।
प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि मंगलबार त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका थिए । एपेन्डिसाइटिस भएका बिरामीको तत्काल अपरेसन गर्नुपर्ने भएकाले त्यसको तयारी भइरहेको सायमीले बताए ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका डा. अरुण सायमीका अनुसार प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस, अपरेसनको तयारी गएिको बताए ।
नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल पुगेका प्रधानमन्त्री ओलीलाई चिकित्सकले भर्ना भएर बस्न सल्लाह दिएपछि उनी भर्ना भएको प्रधानमन्त्रीस्का प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले १२ वर्षअघि प्रत्यारोपण गराएको मिर्गौलामा समस्या देखिएको छ । शरीरमा बढेको एन्टिबडी कम गर्न केही महिनाअघि सिंगापुरमा उनको प्लाज्मा फेरेसिस् गरिएको थियो ।
पछिल्लोपटक भने राजधानीको ग्राण्डी अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलासिस गरिँदै आएको छ । हालसम्म उनको चारपटक डायलासिस भएको छ ।
प्रतिक्रिया दिनुहोस्