उपनिर्वाचनः चुनावी सभालाई सम्बोधन गर्न नेताहरु दाङमा, दौडधुप बढ्यो

काठमाडौं, मंसिर ९ । निर्वाचन आउन केही दिन मात्रै बाँकी रहँदा दाङमा राष्ट्रिय स्तरका नेता तथा कार्यकर्ताको घुँइचो लागेको छ।

मंसिर १४ गते हुने उपनिर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न सत्तासिन र प्रमुख प्रतिपक्षी दलहरुको बीचमा कडा प्रतिपर्धा देखिएको छ।

दुबै दलले केन्द्रीय नेताहरुको उपस्थितिमा गाउँ गाउँमा चुनावी सभाहरु केन्द्रित गरेका छन्।

दाङ क्षेत्र नं. ३ (२) मा हुन गइरहेको प्रदेशसभा सदस्य पदका आफ्ना उम्मेदवार केशव आचार्यको पक्षमा माहोल बनाउन नेपाली कांग्रेसको केन्द्रीय नेतृत्व दाङमा केन्द्रित भएको हो।

आइतबार बेलुका मात्रै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल,महामन्त्री डा. शशांक कोईराला लगायत दर्जन जति नेताहरु हेलिकोप्टर चढेर दाङ आएको जिल्ला सभापति कीर्ति बहादुर खड्काले जानकारी दिए ।

केन्द्रीय सदस्यद्वय डा. रामशरण महत र डा. शेखर कोइराला आइतबार मात्रै पश्चिम दाङका विभिन्न चुनावी सभाहरुलाई सम्बोधन गरेका छन्। शनिबार मात्रै पार्टी प्रवक्ता दाङमा आएर सम्बोधन गरेका थिए।

त्यस्तै शनिवार मात्रै नेकपाका स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले पश्चिम दाङमा चुनावी सभालाई सम्बोधन गरेका थिए ।

आइतबार मुख्य मन्त्री एव प्रदेश ईन्चार्ज शंकर पोख्रेल र पुर्व सभामुख ओनसरी घर्ती लगायतका नेताहरु पश्चिम दाङको चुनावी सभामा केन्द्रित भएको नेकपाका दाङ जिल्ला अध्यक्ष टिकाराम खड्काले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्