चितवनमा मेडिकल विद्यार्थी र अभिभावकको बृहत् प्रदर्शन

काठमाडौं, मंसिर ८ ।सरकारले राजधानीबाहिरका मेडिकल कलेजमा एमबिबिएस अध्ययनका लागि ४२ लाख ५० हजार रुपैयाँ शुल्क तोकेको छ। तर, मेडिकल कलेजले एमबिबिएस पहिलो वर्षका विद्यार्थीबाट ५५ लाख रुपैयाँसम्म शुल्क उठाएको विद्यार्थी बताउँछन्।

होस्टल शुल्क, खाना, रजिष्ट्रेसन, ट्युसनलगायत भन्दै मेडिकल कलेजहरूले जथाभावी शुल्क उठाइरहेको विद्यार्थीको गुनासो छ। विद्यार्थीका अनुसार अहिलेसम्म मेडिकल कलेजले बढी उठाएको शुल्क फिर्ता गरेका छैनन्।

शिक्षा मन्त्रालयले १५ दिनभित्र गैरकानुनी शुल्क फिर्ता नलिए मेडिकल कलेजलाई कारबाही गर्ने बताएको थियो। यसैको विरोधमा आज चिकित्सा शिक्षा संघर्ष समितिको अगुवाइमा चितवनमा बृहत् प्रदर्शन गरिएको छ।

मेडिकल कलेजहरूले उठाएको गैरकानुनी शुल्क फिर्ता नभएको विरोधमा विद्यार्थी, अभिभावक तथा नागरिक समाजको अगुवाइमा चितवनमा आइतबार प्रदर्शन गरिएको हो।

विद्यार्थीको नेतृत्व चिकित्सा शिक्षा संघर्ष समितिले गरेको छ। अभिभावक र नागरिक स्वस्स्फूर्त जुलुसमा सहभागी भएका छन्।

चितवनको चौबिसकोठीबाट निस्केको जुलुसले बजार परिक्रमा गरेको छ। मेडिकल कलेजलाई शिक्षा मन्त्रालयले १५ दिनभित्र बढी उठाएको गैरकानुनी शुल्क फिर्ता गर्न १५ दिनको समय दिएको थियो। त्यो समय सोमबार सकिँदैछ।

प्रतिक्रिया दिनुहोस्