हतियार बुझाउन गृह मन्त्रालयको आग्रह

काठमाण्डौ, मंसिर ७ ।मंसिर १० गतेभित्र हतियार बुझाउन गृह मन्त्रालयको आग्रह गरेको छ । गृह मन्त्रालयले यही मंसिर १४ गते हुने उपनिर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै व्यक्तिसँग रहेका इजाजतप्राप्त हतियार प्रहरीलाई बुझाउन आग्रह गरेको हो ।

मन्त्रालयले शनिबार सूचना जारी गरी ३७ जिल्लामा हुने उपनिर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन मङ्सिर १० गतेभित्र हतियार बुझाउन अनुरोध गरेको हो ।

सूचनामा ‘हातहतियार खरखजाना ऐन २०१९’ को दफा ८ अनुसार सम्बन्धित जिल्लाका व्यक्तिसँग रहेका इजाजतप्राप्त हतियार स्थानीय प्रहरी कार्यालयमा अनिवार्यरूपमा बुझाउन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्