गृहमन्त्री थापा भन्छन् – शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन सरकार प्रतिवद्ध छ

काठमाडौँ , मंसिर ७ । गृहमन्त्री रामबहादुर थापाले सरकार शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउन प्रतिवद्ध रहेको बताएका छन् ।

नेपाली जनताको एकतालाई अझ सुधृढ गर्नको निम्ति सरकारले शान्ति प्रकृयालाई छिट्टै टुङ्ग्याउने गरी काम गरिरहेको जानकारी गृहमन्त्री थापाले दिए ।

शुक्रबार काठमाडौँमा आयोजित ‘अन्तर्रा्ष्ट्रिय बैद्ध एकता सम्मेलन’लाई सम्बोधन गर्दै गृहमन्त्री थापाले सरकारले राखेको समृद्ध नेपाल सुखी नेपालीको आकांक्षालाई हासिल गर्नपनि शान्ति आवश्यक रहेको बताए ।

गृहमन्त्री थापाले देशमा अशान्ति फैलाउने तत्वहरु देखिएपनि सरकार शान्ति सुव्यवस्था कायम गर्न सक्षम रहेको समेत बताए ।

उनले सरकारले सुशासन र राष्ट्रिय एकतालाई जोड दिएकाले यसलाई प्राप्त गर्न भगवान बुद्धका सन्देशलाई आत्मसाथ गर्नुपर्ने बताए ।

सम्मेलनमा नेपाली कांग्रेसका नेता तथा सांसद भिमसेनदास प्रधानले बुद्धका सन्देशहरुलाई सरकार तथा राजनीतिक दलहरुले आत्मसाथ गर्न सके मुलुकमा शान्ति कायम रहने बताए ।

विभिन्न देशबाट सहभागि रहेका बौद्ध भिच्छु लामाहरुको यो सम्मेलन दुई दिन सम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्