५३ प्रतिशत मतदान सम्पन्न, मतदान जारी

प्रदेश नं. २ मा भइरहेको स्थानीय तह निर्वाचनमा दिउँसो १ बजेसम्म करीब ५३ प्रतिशत मतदान भएको छ।

निर्वाचन आयोगले दिएको जानकारी अनुसार सिरहामा ५० प्रतिशत, सप्तरीमा ५० प्रतिशत, धनुषामा ४५ प्रतिशत, रौतहटमा ६० प्रतिशत, महोत्तरीमा ५० प्रतिशत, बारामा ५० प्रतिशत, पर्सामा ५५ प्रतिशत र सर्लाहीमा ६० प्रतिशत मतदान सम्पन्न भएको छ।
आज अपरान्ह ५ बजेसम्म निर्वाचन अधिकृतले तोकेको क्षेत्रभित्र प्रवेश गर्ने मतदाताहरूले मतदान गर्न पाउने छन्।

प्रतिक्रिया दिनुहोस्