सकियो सीमा सुरक्षा बैठक: तर उठेन कालापानीको विषय

काठमाडौं , मंसिर ६ । बुधबारबाट पोखरामा भएको सीमा सुरक्षा बैठक सकिएको छ ।

नेपाल(भारत सीमा विवाद सार्वजनिक भएको वेला बैठक बसेको थियो तर छलफल सीमा अपराध, दशगजामा संयुक्त गस्ती र सूचना आदन प्रदानको विषयमा मात्रै केन्द्रित भएर आज समापन हुन् पुग्ग्यो ।

खासकमा विवादित रहेको कालापानी, लिपुलेकको विषयले भने बैठकको क्रममा प्रवेश नै पाएन । हरेक वर्ष हुने यो बैठकको एजेण्डा पहिल्यै तय हुने गर्दछ यसै कारणले पनि त्यो विषय एजेण्डामा नपरेको स्रोतबा बुझीएको छ ।

सशस्त्र प्रहरीका एक उच्च अधिकृतका अनुसार दुई देशका सुरक्षा अधिकृतबीच संयुक्त अभ्यास गर्ने सहमति भएको छ । यद्यपि, तालिमको मिति तय भएको छैन ।


टोली बिहीबारै काठमाडौं फर्किएको थियो भने शुक्रबार औपचारिक सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हल्चोकमा एक कार्यक्रमका बीच बैठक समापन गरिएको छ । टोली शनिबार भारत फर्किनेछ ।

नेपालतर्फबाट सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र भारतबाट सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक कुमार राजेश चन्द्र नेतृत्वको टोलीबीच बैठक भएको हो ।

प्रतिक्रिया दिनुहोस्