प्रधानसेनापति र नेपालका लागि थाईल्याण्डका राजदूतबीच शिष्टाचार भेट

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रि र नेपालका लागि थाईल्याण्डका राजदूत भकभत टान्स्कुलबिच शिष्टाचार भेटवार्ता भएको छ ।
शुक्रबार जङ्गी अड्डा भद्रकालीमा प्रधानसेनापति क्षत्री र नेपालका लागि थाईल्याण्डका राजदूत टान्स्कुलबिच शिष्टाचार भेटवार्ता भएको हो ।
भेटवार्ताका अवसरमा प्रधानसेनापति क्षत्री र राजदुत टान्स्कुलबिच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको स्रोतले जनाएको छ । यो भेटले दुबै देशलाई फाईदा हुने विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्