एनसेल प्रकरण : २१ अर्ब १० करोड ३९ लाख तिर्न सर्वोच्चको आदेश

काठमाडौं , मंसिर ५ । सर्वोच्च अदालतले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले २१ अर्ब १० करोड ३९ लाख पुँजीगत लाभकर तिर्नुपर्ने ठहर गरेको छ ।

सर्वोच्च अदालतको पूर्ण इजलासले जारी गरेको फैसलाको पुर्णपाठमा सो रकम तिनुपर्ने उल्लेख छ ।

न्यायाधीशहरू तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुष्मालता माथेमा र मनोजकुमार शर्माको बृहत् इजलासले कर निर्धारण सम्बन्धी फैसला गरेको थियो।

न्यायाधीश माथेमाले भने फैसलामा फरक मत राखेकी छन्। ठूला करदाता कार्यालयले निर्धारण गरेकै अनुसार एनसेलले कर तिर्नु पर्ने उनको मत छ ।

प्रतिक्रिया दिनुहोस्