उपनिर्वाचनका लगि ५२ प्रकारका मतपत्र छापियो, ढुवानीको जिम्मा सेनालाई

काठमाडौं, मंसिर ५ । यहि मंसिर १४ गते हुने स्थानीय, प्रदेश र प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि ५२ प्रकारका मतपत्र छापिएको छ । ती मतपत्र र निर्वाचन सामाग्री सम्बन्धित निर्वाचन क्षेत्रमा पुर्याने जिम्मा भने नेपाली सेनालाई दिइएको छ ।

निर्वाचन आयोगका अनुसार एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्य, एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ४३ वडाध्यक्ष गरी जम्मा ५२ पदका लागि उपनिर्वाचन हुँदैछ ।

भिन्नाभिन्नै पार्टीका र भिन्नाभिन्नै स्वतन्त्र उम्मेदवार भएकाले ५२ प्रकारका मतपत्र छाप्नु परेको निर्वाचन आयुक्त नरेन्द्र दाहालले बताए ।सबैभन्दा लामो मतपत्र धरान उपमहानगरपालिको रहेको उनले बताए । धरान उपमहानगरपालिका प्रमुखका लागि सबैभन्दा धेरै २३ जना उम्मेदवार छन् ।

‘सबैभन्दा धेरै २३ र सबैभन्दा कम २ जनासम्म उम्मेदवार छन्,’ निर्वाचन आयुक्त दाहालले भने, ‘२३ जना उम्मेदवार भएकाले धरानको मतपत्र सबैभन्दा लामो छ ।’

दोस्रो धेरै उम्मेदवार महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षका लागि छन् ।पिपरा गाउँपालिका अध्यक्षका लागि २० जना उम्मेदवार छन् ।

उपनिर्वाचनको समय नजिकिदै जाँदा यति बेला प्रमुख दल तथा साना दल घरदैलो अभियान तथा प्रचार प्रसारमा व्यस्त रहेका छन् । भोट माग्न उनीहरु यति बेला गाउँ घर तिर प्रवेश भएका छन् । उपनिर्वाचन आउन पनि अब केहिदिन मात्रै बाँकी रहेको छ । यसैले यति बेला सबैको ध्यान पनि यता तिर मोडिएको छ ।

प्रतिक्रिया दिनुहोस्